सौतेनी आमाको हत्या गर्न खोज्ने मोडल जेल चलान

760
  •  
  •  
  •  

Richa-Dhamalaकाठमाडौं १५ भदौ । सौतेनी आमाको अपहरण गरी हत्या गर्न खोजेको आरोपमा पक्राउ परेकी मोडल ऋचा धमलालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । भक्तपुर जिल्ला अदालतले बिहिबार उनीसहित ६ जनालाई कारागार चलान गर्न आदेश दिएको हो ।

सौतेनी आमा ममता घिमिरे धमलालाई अपहरण गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले गत असार १५ मा ऋचा,उनका प्रेमी आशमान तामाङसहित ६ जनालाई पक्राउ गरेको थियो ।
पारिवारिक तथा आर्थिक विवाद भएपछि ऋचाले १५ लाख रुपैयाँको सुपारी दिएर सौतेनी आमाको हत्या गर्न लगाएकी थिइन् । अपहरण गर्न गएका बेला दुई युवकलाई पक्राउ गरी प्रहरीले उनीहरुको योजना असफल बनाएको थियो ।
ऋचा र आशमानसहित सुरेश तामाङ,शेषमान तामाङ,सुशील नापित र राजेश गुरुङ हत्या योजनामा संलग्न थिए । अपहरण गर्न गएका सुरेश र शेषमानलाई प्रहरीले ममताकै कोठाबाट पक्राउ गरेको थियो ।
नयाँपत्रिका


  •  
  •  
  •