काठमाडौं, २६ असार (ओएनएस) नेपालमा मोवाइल फोन प्रयोग कर्ताको संख्या बढेको छ ।
सरकारले बिहीवार सार्वजानिक गरेको आर्थिक सर्वेक्षणले टेलीफोन प्रयोग कर्ताको संख्या २ करोड ३० लाख ६ हजार ७ सय ९९ पुगेको देखाएको छ ।
जसमध्ये ८८ प्रतिसत मोवाइल फोन प्रयोग कर्ता रहेका छन् । टेलिफोनको घनत्व ७४ प्रतिसत पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।