टुँडिखेलमा मोबाईल फ्याँक्ने प्रतियोगिता

110
  •  
  •  
  •  

mobilejpgकाठमाडौं, २४ पुस (ओएनएस) :  रोटरी क्लब अफ रुद्रमतिको आयोजनामा आगामीे शनिबार काठमाडौंको टुँडिखेलमा मोबाईल फ्याँक्ने प्रतियोगिता हुने भएको छ ।

मुगु जिल्लामा ग्रामिण सञ्चार विस्तार गर्ने उद्येश्यले उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको अभियानका संयोजक डा. तत्व तिम्सिनाले जानकारी दिएका छन् । तिम्सिनाले विगट जिल्लाहरुमा सञ्चार प्रवाह गर्न प्रतियोगिताले टेवा पुर्याउने पनि विश्वास व्यक्त गरेका छन् ।

उनका अनुसार प्रतियोगितामा करिव २ सय जना प्रतिस्पर्धीहरुले सहभागी जनाउने भएका छन् । प्रतियोगिता तीन चरणमा बाँडिएको छ । पहिलो चरणमा चौध वर्ष मुनिका बच्चाहरु समावेश हुनेछन् भने दोस्रो चरणमा पुरुष ईभेन्ट र तेस्रो चरणमा महिला ईभेन्ट हुने आयोजकले जनाएको छ । दाताहरुबाट हालसम्म ६० वटा मोबाईल संकलित भएको पनि आयोजकले जनाएको छ ।

आयोजनाका सह–आयोजक किशोर त्रिपाठीका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने प्रतियोगीहरुलाई नयाँ ईन्टेक्स मोवाईल दिईने छ ।


  •  
  •  
  •