मोबाइलबाट फिल्म खिच्नुस् पुरस्कार जित्नुस्

431
  •  
  •  
  •  

काठमाडौं, असार २ (ओएनएस) । सर्वनाम थिएटर र ३६० डिग्री माउन्टेन फिल्मस्को आयोजनामा नेपालमा ‘मोबाइल फिल्म’ प्रतियोगिता हुने भएको छ । ‘दृश्यांश’ नामक शिर्षकमा हुन लागेको यस प्रतियोगितामा मोबाइलबाट खिचेर बनाइएका उत्कृष्ट दश फिल्मलाई बिबिध पुरस्कार वितरण गरिने आयोजकले राजधानीमा एक कार्यक्रम गरी जानकारी दिएको छ ।

कार्यक्रममा फिल्म मेकिङलाई प्रोत्साहन दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको निर्देशक आसिफ शाहले बताए । ‘राम्रा फिल्म मेकरहरुलाई प्रोत्साहन दिने हेतुले कार्यक्रम गर्न लागेका हौ’, असिफले भने । आयोजक अशेष मल्लका अनुसार,‘हरेक व्यक्तीमा एउटा फिल्म मेकर लुकेको छ, हो त्यही प्रतिभाको खोजिमा छौ हामी ।’ देश भित्र वा देश बाहिर तयार भएको तिन मिनेटको नेपाली भाषाका फिल्मलाई प्रतियोगितामा समेटिने छ । अशेष मल्ल, अविनाशविक्रम शाह र फूलमान बलको निर्णायक टोलीले उत्कृष्ट दश फिल्म छनोट गर्नेछन् ।


  •  
  •  
  •