काठमाडौ, १८ माघ(ओएनएस) : नेपालको पहिलो र एकमात्र मोबाइल कम्प्लेक्स ताम्राकार कम्प्लेक्सले मोबाइल महोत्सवको आयोजना गर्ने भएको छ । काठमाडौको पाको न्युरोडमा रहेको ताम्राकार कम्प्लेक्सले स्थापनाको सातौ वार्डिक अवसर पारेर मोबाइल महोत्सब २०१५ को आयोजना गर्ने भएको छ ।
ताम्राकार कम्प्लेक्समा आगामी फागुन १ गतेदेखी ७ गतेसम्म चल्ने मोबाइल महोत्सवमा ताम्राकार कम्प्लेक्सले विभिन्न आकर्षक छुट तथा स्कीमहरु संचालन गर्ने कम्प्लेक्सका व्यवस्थापक श्यामकृष्ण महर्जनले बताएका छन् ।
व्यवस्थापक महर्जनका अनुसार मोबाइल महोत्सवको अवसर पारेर विभिन्न रमाइला र आकर्षक कार्यक्रमका साथमा भ्यालेन्टाइन डे स्पेशल गिफ्ट पनि प्रदान गरिने छ ।
ताम्राकार कम्प्लेक्समा जे. एस. मोबाइल शप संचालनगर्दै आएका जगत साउदले यसपालीको महोत्सव भव्य र आकर्षक बनाउने जानकारी दिँदै महोत्सवको अवसर पारेर ग्राहकहरुलाई विभिन्न सामानहरुको खरिदमा ५ देखि ५० प्रतिशतसम्मको छुट दिने बताए ।
महोत्सवको अवसर पारेर ताम्राकार कम्प्लेक्सले लक्की ड्र पनि आयोजना गर्दैछ । सामसुंग मोबाइल एण्ड इलेक्ट्रोनिक प्रालिका गुरुदत्त शर्माले हरेक दिन लक्की ड्र गरिने र सो लक्की ड्रमा हरेक दिन ३० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई उपहार दिने तथा हरेक दिनका ग्राहकहरुको विवरणराखी बम्पर उपहार दिइने बताए । ताम्राकार कम्प्लेक्सले बम्पर उपहार अन्तरगत ८० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई दिइने छ ।
वेष्ट टेक सेन्टरका प्रोपराईटर गोपाल निरौलाले महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा प्रवेश गर्ने हरेक ग्राहकहरुलाई लक्की ड्रमार्फत उपहार दिइने जानकारी दिए । कम्प्लेक्समा प्रवेश गर्ने हरेक व्यक्तिले निशुल्क कुपन प्राप्त गर्नेछ भने सोहि आधारमा हरेक दिन ग्राहकहरुलाई विभिन्न उपहार दिइने छ ।
ताम्राकार कम्प्लेक्समा आयोजना हुने महोत्सव अवधिभर हरेक आगन्तुकले प्राप्त गर्ने निःशुल्क कुपनको आधारमा प्रत्येक दिन ३ वटा स्मार्टफोन उपहार प्राप्त गर्ने मेरिना मोबाइलका कृष्ण कर्माचार्यले बताए ।
महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा विभिन्न मर्मत तथा सर्भिसका लागि आउने हरेक ग्राहकहरुले ५ देखि ५० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् । त्यसैगरी महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा निशुल्क वाईफाई सुविधा उपयोग गर्न पाउनेछन् भने महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा मोबाइल खरिद गर्न आउने ग्राहकहरुको लागि निशुल्क पार्किङ सेवा उपलब्ध गराइनेछ ।
ताम्राकार कम्प्लेक्समा विश्वका विभिन्न उत्कृष्ट ब्राण्डका मोबाइल सेटहरु, ट्याबलेट, ल्यापटप, एसेसरिज खरिद गर्ने सुविधा छ भने विभिन्न मोबाइल कम्पनीका सर्भिस सेन्टर पनि रहेका छन् ।