मोबाइल महोत्सव आजबाट सुरू, ५० प्रतिशतसम्म छुट

139
  •  
  •  
  •  

prakash man singh at mobile festivalकाठमाडौ, १ फागुन(ओएनएस) : काठमाडौको मुटुमा रहेको पाको न्युरोडमा अवस्थित ताम्राकार कम्प्लेक्सले आयोजना गरेको सामसुंग मोबाइल महोत्सव २०१५ आज शुक्रबारबाट शुरु भएको छ ।

उक्त मोबाइल महोत्सवको उद्घाटन उप-प्रधानमन्त्री, संघिय मामिला तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले गरेका थिए । मन्त्री सिंहले अहिलेको समयमा मोबाइल अनिवार्य वस्तु भएको बताउँदै सूचना तथा संचारको विकास हुनु आवश्यक भएको धारणा व्यक्त गरे ।

कार्यक्रममा ताम्राकार कम्प्लेक्समा रहेको टेलि टू प्रालिका अध्यक्ष पुरुषोत्तम बस्नेतले ताम्राकार कम्प्लेक्सको बारेमा जानकारी गराउन महोत्सवको आयोजना गरिएको बताए । उनले महोत्सवको अवसर पारेर ग्राहकहरुलाई विभिन्न मोबाईल तथा अन्य सामानहरुको खरिदमा आकर्षक छुट दिईने र ग्राहकहरुलाई विभिन्न उपहारहरु दिने व्यवस्था मिलाइएको बताए ।

यहि फागुन १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रमसहित सामसुंग मोबाइल महोत्सव २०१५ हुनेछ । महोत्सवको अवसर पारेर ग्राहकहरुलाई विभिन्न मोबाईल तथा अन्य सामानहरुको खरिदमा ५ देखि ५० प्रतिशतसम्म क्यासब्याक अफरमार्फत छुट दिईने छ । हरेक दिन गरिने लक्की ड्रमा ३० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई उपहार दिने तथा हरेक दिनका ग्राहकहरुको विवरणराखि बम्पर उपहार दिइने आयोजकले जनाएको छ । ताम्राकार कम्प्लेक्सद्धारा बम्पर उपहार अन्तरगत ८० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई दिइने छ ।

महोत्सवको अवसरमा भ्यालेन्टाइन डे स्पेशल गिफ्ट पनि प्रदान गरिने छ । ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव २०१५ तथा फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डेको अवसरमा मोबाइल खरिद गर्ने भ्यालेन्टाइन जोडीले भ्यालेन्टाइन स्पेशल गिफ्ट पाउनेछ ।

सामसुंग मोबाइल महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा प्रवेश गर्ने हरेक ग्राहकहरुलाई लक्की ड्रमार्फत उपहार दिइने छ । कम्प्लेक्समा प्रवेश गर्ने हरेक व्यक्तिले निशुल्क कुपन प्राप्त गर्नेछ भने सोहि आधारमा हरेक दिन ग्राहकहरुलाई विभिन्न उपहार दिइने छ । ताम्राकार कम्प्लेक्समा आयोजना हुने महोत्सव अवधिभर हरेक आगन्तुकले प्राप्त गर्ने निःशुल्क कुपनको आधारमा प्रत्येक दिन ३ वटा स्मार्टफोन उपहार प्राप्त गर्ने छन् ।

त्यसैगरी महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा ओटेल कम्पनीको सहयोगमा निशुल्क वाईफाई सुविधा उपयोग गर्न पाउनेछन् भने महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा मोबाइल खरिद गर्न आउने ग्राहकहरुको लागि निशुल्क पार्किङ सेवा उपलब्ध गराइनेछ ।


  •  
  •  
  •