पत्याउनुहुन्छ ? ३० सेकेण्डमा मोबाइल चार्ज

479
  •  
  •  
  •  

battery-charger-650_112514010955काठमाडौ, मंसिर(एजेन्सी) : इजरायलको एक कम्पनीले कुनै पनि मोबाइल केही सेकेण्डमा नै चार्ज गर्न सकिने प्रविधी निर्माण गरेको दावी गरेको छ । उक्त प्रविधीबाट कारको ब्याट्री केही मिनेटमा नै चार्ज हुन्छ । यस प्रविधिबाट उत्पादक कम्पनीहरूलाई निकै सहजता प्राप्त हुनेछ ।
यसको लागि न्यानो प्रविधीको प्रयोग गरेर कृतिम अणुलाई संश्लेषित गरिन्छ । तेल अवीवको कम्पनी स्टोरडटले आफूले बनाएको एक ब्याट्रीले धेरै चार्ज स्टोर गर्न सक्ने बताएको छ । यस ब्याट्रीले एउटा निकै ठूलो स्पोन्जले जसरी नै धेरै पानी सोस्छ त्यसरी नै धेरै पावर लिन्छ र त्यसलाई स्टोर गर्छ ।
अहिले यस प्रविधीबाट बनेको ब्याट्री भने निकै ठुलो छ, यसलाई मोबाइल फोनमा फिट गर्न सकिँदैन, तर कम्पनी यसका लागि पनि काम गरिरहेको छ र सन् २०१६ सम्म यस्तो ब्याट्री बन्ने छ, जसले मोबाइल जस्ता साना उपरणलाई ३० सेकेण्डमा नै चार्ज गर्न सक्छ ।
स्टोरडटका संस्थापक डोरोन मियर्सडार्फले यो एउटा नयाँ उत्पादन हो यसलाई पहिले कहिल्यै पनि उत्पादन गरिएको थिएन ।

  •  
  •  
  •