वैदेशिक रोजगारीका आवश्यक सूचना अब एपबाटै

408
  •  
  •  
  •  

काठमाडौँ, जेठ(ओएनएस) : वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई वैदेशिक रोजगारसम्बन्धी अत्यावश्यक जरूरी सूचनाहरू सरल र सहज तरिकाबाट उपलब्ध गराउनका लागि गैरआवासीय नेपाली संघ(एनआरएनए)ले एक एप्लिकेशनको सुरूवात गरेको छ ।

suvayatra app started by minister bohoraएनआरएनएले सार्वजनिक गरेको उक्त एपको माध्यमबाट लिखित रूपमा तथा ध्वनी र श्रव्यको माध्यमबाट वैदेशिक रोजगारीमा जानको लागि आवश्यक प्रक्रियागत कार्यहरू तथा सम्बन्धित निकायहरूका बारेमा अवगत गराउनेछ । ‘शुभयात्रा’ नामक यस एपमा पहिलो चरणमा मलेसिया, कतार र साउदी अरबबारे जान्नै पर्ने जानकारीहरू समावेश गरिएको छ ।

उक्त एप्लिकेशनको शूभारम्भ श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले गरेका थिए । एसिया फाउण्डेसनको अनुदानमा योंग इनोभेसनको प्राविधिक सहयोगमा यो एप विकास गरिएको हो । उक्त एपको सञ्चालन एसिया फाउन्डेशन तथा एनआरएनएको सहकार्य गरिने छ भने उक्त एप निरन्तर विकास र परिमार्जन गर्दै लैजाने पनि एनआरएनएले जनाएको छ ।

यो एप अपर्याप्त तथा अपूर्ण सूचनाका कारण विदेशमा विभिन्न समस्यामा परेका र जोखिमपूर्ण अवस्थामा फसेका मानिसहरूको उद्धारका लागि सहयोगी हुने विश्वास एनआरएनएको रहेको छ ।


  •  
  •  
  •