दैनिक १३ हजार जनाले किन्छन् मोवाइल

341
  •  
  •  
  •  

काठमाडौं ३ भदौ (ओएनएस) : नेपालमा दैनिक १३ हजार जनाले मोवाइल खरिद गर्ने गरेका छन् । बार्षिक ६ अर्व रुपैयाँ बराबरको मोवाइल आयात हुनेमा दैनिक १३ हजार मोवाइल विक्री हुने मोवाइल व्यवसायी सङ्घका प्रथम अध्यक्ष तथा नयाँ मोवाइल बजारका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए । मोवाइल जीवनको अभिन्न अंग बन्दै गएकोले यसको प्रयोगकर्ता बढ्दै गएको उनले बताए ।

उनका अनुसार नेपाली बजारमा मासिक करिव ४ लाख ओटा मोवाइल विक्री हुन्छ । विशेषगरी सामसुङ,एचटीसी,कलर्स, नोकियालगायत व्राण्डका मोवाइल विक्री हुने बस्नेतले जानकारी दिए । त्यसमा पनि ५ देखि १५ हजार रुपैयाँसम्मका मोवाइल बढी विक्री हुने सम्वन्धित व्यवसायीहरु बताउँछन् । पाँच हजार रुपैयाँमानै धेरै सुविधासहितका एण्ड्रोइड मोवाइल खरिद गर्न सकिने हुनाले यस्तो मोवाइल बढी विक्री हुने उनीहरुले जानकारी दिए ।

भदौ १२ देखि हुने मोवाइल एक्स्पोमा सामसुङको प्रायोजन

सामसुङ मोवाइलले भदौ १२ गते देखि हुने मोवाइल एक्स्पोमा प्रायोजन गर्ने भएको छ । मंगलवार एक कार्यक्रम विच सामसुङ मोवाइल कम्पनीका महाप्रवन्धक सन्जिब मिश्र र नयाँ मोवाइल बजारका अध्यक्ष बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गरे । सामसुङ मोवाइल मेला अवधिभर प्रायोजकको रुपमा रहने बताइएको छ । हिन्दु महिलाहरुको महान चाड तीजको अवसर पारी एक्स्पो आयोजना गर्न लागिएको आयोजक नयाँ मोवाइल बजारले जानकारी दिएको छ । एक्स्पोमा सामसुङ,सोनी, कलर्स,एलजी, जी फाइभलगायत २० भन्दा बढी व्राण्डका मोवाइल प्रदर्शन गरिने बताइएको छ । एक्स्पोको अवसरमा मोवाइलहरुमा ७ देखि ७० प्रतिशतसम्मको छुट दिने बस्नेतले जानकारी दिए । विभिन्न कम्पनीले नयँ मोवाइल सार्वजनिक गर्ने भएका छन् ।

एक्स्पो सिटीसी मलको चौथो तलामा खुल्न लागेको नयाँ मोवाइल बजारमा गरिने बताइएको छ। कलर्स ,सीटीभी, सेलकमलगायत मोवाइल को स्पोन्सरका रुपमा रहेको बताइएको छ । एक्स्पोको ४ लाख भन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । एक्स्पो १० दिनसम्म चल्ने छ ।


  •  
  •  
  •