सीटीसी मलमा ‘न्यू मोवाइल मार्केट’ खुल्ने

227
  •  
  •  
  •  

काठमाडौं ३०,साउन(ओएनएस) : काठमाडौंको सुन्धारास्थित सिटिसी मलमा नेपालकै पहिलो व्यवस्थित मोवाइल बजार सञ्चालन हुने भएको छ । मलको चौथो र पाँचौ तलामा १ सय भन्दा बढी मोवाइलका व्राण्डेड पसल तथा विभिन्न कम्पनीका शोमरुम र केयर सेन्टर खोल्न लागिएको न्यू मोवाइल मार्केटका अध्यक्ष पुरुषेत्तम बस्नेतले बताए ।

सवै पसल तथा सर्भिस सेण्टर निर्माणको अन्तिम तयारीमा रहेको उनले जानकारी दिए । मोवाइल मार्केटमा २४ सै घण्टा विजुली,पार्किङ,वाइफाइ तथा सुरक्षाको व्यवस्था मिलाइएको छ । बजारमा सुङ,हुवावे,सोनी,नोकिया,कलर्स,स्पाइस,लाभालगायत २० भन्दा बढी व्राण्डका मोवाइल उपलब्ध हुने बताइएको छ । बजेट फोन,फिचर फोन,स्मार्टफोनका साथै विभिन्न किसिमका ग्याजेट्स र मोवाइल एसेसोरीज पाइन्छ ।

बजारको ओपनिङको अवसर पारेर मोवाइल मार्केटले भदौं १२ गतेदेखि २१ गतेसम्म प्रबद्र्वनात्मक एक्स्पो आयोजना गर्न लागेको छ । एकस्पो अवधिभरी मोवाइल खरिदमा प्रत्येक दिन १ जनालाई लक्की ड्र मार्फत ३० हजार रुपैयाँ बराबरको मोवाइल सेट उपहार दिइने बताइएको छ । साथै बम्पर उपहार स्वरुप ८० हजार रुपैयाँ बराबरको मोवाइल सेट उपलब्ध गराइने बताइएको छ ।

 हरेक ब्राण्डको नयाँ मोवाइल खरिदमा ७ देखि ७० प्रतिशतसम्मको छुट दिइने बताइएको छ ।


  •  
  •  
  •