दिल्ली– काठमाडौं बसमा मोबाइल तस्करी गर्ने गिरहाे पक्राउ

257
  •  
  •  
  •  

काठमाडौं, २८ चैत (अाेएनएस) : दिल्ली– काठमाडौं चल्ने बसमा बस चालकसहित मोबाइल तस्करी गर्ने एक गिरहाेलार्इ प्रहरीले पक्राउ गरेकाे छ। नयाँ दिल्लीबाट काठमाडौँतर्फ आउदै गरेको बा.५ख १२३५ नम्बरको बसबाट प्रहरीले बिभिन्न ब्राण्डका राजश्व छली ल्याएका १ सय थान भन्दा बढी मोवाइलसहित उक्त गिरहाेमा संलग्न चारलार्इ प्रहरी पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा बसका चालकहरु रामेछाप घर भई काठमाडौँ बालाजु बस्ने ४४ बर्षीय कृष्ण थापामगर, सिन्धुली कमलामाई घर भई बालाजु बस्ने २४ वर्षीय भुवन बहादुर भुजेल, सहचालक दोलखा मेलुङ्गा घर भई चावहिल बस्ने ५६ वर्षीय हरी बहादुर श्रेष्ठ र संखुवासभा घर भई पुतलीसडक बस्ने ६१ बर्षीय तिलक श्रेष्ठ रहेका छन्।

उक्त बसमा राजस्व छली मोवाइल ल्याएको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले मंगलबार बस चेक गर्दा एक सय १२ थान मोबाइल बरामद गरेकाे थियो ।

अनुसन्धानको क्रममा प्रहरीले संखुवासभा धर्मदेवी घर भई पुतलीसडक बस्ने ५२ बर्षीया सुमिता श्रेष्ठले समेत डेरा कोठामा लुकाई राखेको १८ थान मोबाइल सहित पक्राउ गरेको छ। गत साता मात्र प्रहरीले दिल्ली– काठमाडौं चल्ने २ वटा बसबाट तस्करीका सामानहरु बरामद गरेको थियो। प्रहरीले अहिले अवैध बस्तु अाेसार पसार गर्नेहरुलार्इ नियन्त्रणमा लिने कार्यलार्इ तिब्रता दिएकाे छ।


  •  
  •  
  •