एमाओवादीले बनायो ‘छाया’ सरकार

266
  •  
  •  
  •  

काठमाडौं ६ साउन (ओएनएस) :
एमाओवादीले सरकारी कार्यशैलीमाथि निगरानी बढाउन छाया सरकारको झल्को दिने गरी विभाग गठन गरेको छ । स्थायी समितिको सोमबार बसेको बैठकले ती विभागको जिम्मा नेताहरूलाई दिएको छ । जसमा योजना, अर्थ तथा वित्त र राज्यव्यवस्था विभाग प्रमुखमा पूर्वअर्थमन्त्री वर्षमान पुन, प्रशासन विभागमा राम कार्की, शिक्षामा अग्नि सापकोटा, जलस्रोतमा लीलामणि पोख्रेल, भौतिक पूर्वाधार तथा सहरी विकास टोपबहादुर रायमाझी, पर्यटन तथा नागरिक उड्डयन लोकेन्द्र बिष्टलाई प्रमुख बनाएको छ ।

कृषि तथा भूमिसुधार प्रमुखमा हरिबोल गजुरेल, स्वास्थ्य तथा जनसंख्यामा गिरिराजमणि पोख्रेल, संघीय मामला तथा स्थानीय विकासमा रामचन्द्र झा, कानुन न्याय तथा मानव अधिकारमा प्रभु साह, युवा तथा खेलुकुदमा चन्द्रप्रकाश खनाल, श्रम तथा यातायात, वैदेशिक लेखराज भट्ट, विज्ञान तथा प्रविधि कल्पना धमला, सूचना तथा सञ्चार दीनानाथ शर्मा, उद्योग वाणिज्य तथा आपूर्ति महेन्द्र पासवान, वन तथा प्रकृति डीआर पौडेललाई जिम्मा दिएको छ । ‘सरकारलाई निगरानी गर्न सहज हुने भएकाले यस्ता विभाग बनाएको हो,’ कोषाध्यक्ष हरिबोल गजुरेलले भने । सशस्त्र युद्धका बेला उसले समानान्तर सरकारको अभ्यास गरे पनि पछिल्लो समय छाया सरकारको झल्को दिने गरी विभाग बनाएको थिएन ।

यसबाहेक उसले अन्य विभागहरू पनि गठन गरेको छ । संविधान मस्यौदा सुझाव तथा समन्वय समिति र अन्तर्राष्ट्रिय विभाग प्रमुखमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, संगठन विभागमा उपाध्यक्ष पोस्टबहादुर बोगटी, स्कुलिङ विभागमा हेमन्तप्रकाश ओली, प्रचारप्रसारमा महासचिव कृष्णबहादुर महरा, आर्थिक विभागमा कोषाध्यक्ष हरिबोल गजुरेललाई जिम्मा दिएको छ ।

बैठकले भ्रातृ संगठनको इञ्चार्ज तोकेको छ । वाईसीएल इञ्चार्ज चन्द्रप्रकाश खनाल, ट्रेड युनियन लोकेन्द्र बिष्ट, कर्मचारी महासंघ जनार्दन शर्मा, किसान संघमा शक्तिबहादुर बस्नेत, विद्यार्थीको देवेन्द्र पौडेल, महिलाको शशि श्रेष्ठ, शिक्षक संगठन अग्नि सापकोटा, पूर्वजनमुक्ति सेना नन्दकिशोर पुन, उद्योग वाणिज्य लेखराज भट्ट, खेलकुद महासंघ गणेशमान पुन, प्राध्यापक नवराज सुवेदी र राष्ट्रिय मुक्ति मोर्चामा गोपाल किराँती लगायतलाई तोकेको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •