आन्तरिक विवाद समाधान गर्न माओवादी छलफलमा

114
  •  
  •  
  •  

काठमाडौं २४ कात्तिक (ओएनएस) : पार्टीभित्रको विवाद बारे छलफल गर्न नेकपा माओवादी छलफल गर्दैछ । अध्यक्ष मोहन वैद्य किरण र सचिव नेत्रविक्रम चन्द बिच विवाद देखिएपछि पार्टी विभाजन तिर देखिएको छ । संविधान निर्माण र संघषृका विषयमा समान धरणा बनाउन आज बैठक बोलाइएको हो ।

माओवादी पोलिटब्यूरो बैठक दिउँसो बुद्धनगरमा बोलाइएको छ । बैठकमा बैठकमा पार्टीमा देखिएको अन्तरद्वन्द्धलगायतका विषयमा छलफल हुने भएको छ । पार्टी भित्र नेता नेत्रविक्रम चन्दले अध्यक्ष मोहन वैद्यको कार्यशैली र पार्टीको कार्यदिशाप्रति असन्तुष्टि जनाइरहेका छन् । उनी सशसस्त्र संघषको तयारीमा लागेका छन् ।


  •  
  •  
  •