माओवादी विस्तारित बैठक आजदेखि

203
  •  
  •  
  •  

काठमाडौं ६ मंसिर (ओएनएस) :
नेकपा माओवादीको केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि शुरु हुँदैछ । नेकपा-माओवादीको संस्थापन पक्षले बोलाएको केन्द्रीय समिति बैठकलाई सचिव नेक्रविक्रम चन्द समूहले ‘नौटंकी’ को संज्ञा दिँदै सहभागी नहुने भएको छ । बैठक शनिबारदेखि हुँदैछ । बैठकमा सहभागी हुन शुक्रबार महासचिव रामबहादुर थापाले आह्वान गरेका छन् । थापाले जारी गरेको प्रेस विज्ञप्तिमा प्रयोग भएको भाषाप्रति नै चन्द समूहले आपत्ति जनाएको छ ।

चन्द समूहले संस्थापन पक्षको विज्ञप्तिमा पार्टी मिलाउनभन्दा फुटाउने शब्द प्रयोग गरेको आरोप लगाएको छ । पछिल्लो समय तिब्र आन्तरिक विवाद समाधानको पहल गर्न बैठक बोलाइएको हो । केही दिन अघि कपिलवस्तुमा छुट्टै भेला गरेको सचिव नेत्र विक्रम चन्द विप्लव पक्षलाई पनि बैठकमा सहभागी हुन आग्रह गरिएको छ ।

संस्थापन पक्षले बैठकमा सहभागी भएर भेट्टै भेला गरेको बारे स्पष्टीकरण दिन आग्रह गरेको छ तर विप्लव पक्षले भने नेतृत्वले आत्माआलोचना नगरेसम्म बैठकमा सहभागी नहुने जनाएको छ । ललितपुरको कुपण्डोलमा बस्ने बैठकमा अध्यक्ष मोहन वैद्यको समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल हुने भएको छ । पूर्णकालीन केन्द्रीय सदस्यमा संस्थापन पक्षको बाहुल्य छ भने चन्द पक्षको अल्पमत छ ।


  •  
  •  
  •