भट्टराई-श्रेष्ठ पत्रकार सम्मेलनले नयाँ विवाद थप्यो

155
  •  
  •  
  •  

काठमाडौं २८ कात्तिक (ओएनएस) :
पार्टीभित्र सल्लाह पनि नगरि अध्यक्ष पुष्पकमल दाहाल रोल्पामा हिडेकोमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता बाबुराम भट्टराई असन्तुष्ट थिए । त्यही बिचमा कांग्रेस एमालेले वार्ता बाट भागेको भन्दै अन्तर्राष्ट्रिय क्षेत्रलाई समेत जानकारी गराए । अध्यक्ष दाहालसँग असन्तुष्टि रहेकै बेला एमाओवादीलाई परेको दवावको सामना गर्न भट्टराई श्रेष्ठबीच टेलिफोन सम्वाद भयो र बिहीबार पत्रकार सम्मेलन नै गरियो । जसरी दाहाल रोल्पा हिड्दा समिति घेरामा छलफल गरेर भट्टराई श्रेष्ठको पत्रका सम्मेलनबारे पनि दाहालसँग अनुमति मागिएन ।

अहिले त्यही पत्रकारसम्मेलनले असन्तुष्टि बढाएको छ ।  भट्टराई र नारायणकाजी श्रेष्ठप्रति अध्यक्ष पुष्पकमल दाहाल रुष्ट भएका छन्। हालै आफू रोल्पा गएको विषयलाई लिएर भट्टराई र श्रेष्ठले बाटोमा बोल्दै हिँड्नुको अर्थ छैनु भन्ने अभिव्यक्ति दिएको भन्दै दाहाल रुष्ट भएका हुन्। उनले शुक्रबार बिहान निवासमा केही नेताहरुसँग छलफल गरेका छन् । हालका स्वकीय सचिव चूडामणि खड्काले फेसबुक स्टाटस लेखेर नै आपत्ति जनाएका छन् ।

‘संविधान निर्माण र शान्तिप्रक्रियाको बाँकी कार्यभार पूरा गर्नका निम्ति जनयुद्धको आधार इलाकाका जनतासँग भेटेर ऊर्जा लिन जानुभएका पार्टी अध्यक्षलाई बाटोमा बोल्दै हिँड्नुको अर्थ छैन भन्नु जनयुद्ध र गणतन्त्र स्थापनाका निम्ति सहादत प्राप्त गर्ने सहिदहरूको अपमान हो, यो अपमान स्वीकार्य छैन’. काठमाडौं फर्किएलगत्तै दाहालका स्वकीय सचिव चूडामणि खड्काले फेसबुक स्टाटसमा लेखेका छन्।


  •  
  •  
  •