एमाओवादीले १० प्रदेशको अडान छाड्ने ८ भन्दा तल नझर्ने

81
  •  
  •  
  •  

काठमडौं १२ कात्तिक (ओएनएस) : एकीकृत नेकपा माओवादी यसअघि राख्दै आएको १० प्रदेशको अडान छाड्ने भएको छ । कांग्रेस एमालेसँग पहिचानका विषयमा कुरा मिले ८ प्रदेशमा सहमति जनाउने एमाओवादीले आन्तरिक निणर्य गरेको छ । तर, अन्तिम समयसम्म १० प्रदेशको अडान राख्ने पनि सहमति भएको छ । बुधवार बिहान बसेको प्रतिपक्षी दल एकीकृत माओवादीको स्थायी समितिको बैठकले सहमतिका लागि ८ प्रदेशमा लचकता अपनाउने र त्योभन्दा तल नजाने आन्तरिक निणर्य गरेको एक नेताले जानकारी दिए ।

उनका अनुसार संघियतामा ८ प्रदेश र शासकीय स्वरुपमा कार्यकारी प्रधानमन्त्रीमा एमाओवादी तयार भएको छ । यसअघि कार्यकारी राष्ट्रपतिको अडान राख्दै आएको थियो । एमाओवादी नेता बर्षमान पुनले भने १० प्रदेशको अडान कायम रहेको दावी गरे । उनले राज्इपुनर्संचना आयोगले दिएको १० प्रदेशको वरीपरी रहने सहमति भएको तर ८ प्रदेशमा झर्ने विषयमा निणर्य भइनसकेको बताए ।

त्यसको निणर्य गर्न २४ कात्तिकमा केन्द्रीय समिति बोलाइएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बसेको बैंठकमा लामो छलफलपछि केन्द्ीय समितिबाट निणर्यमा पुग्ने छलफल भएको हो । लबैठकपछि बरिष्ठ नेता बाबुराम भट्टराईले भने संघीयतालाई अन्य दलले अन्य बस्तुको भाउँ जस्तै मोलतोल गर्न थालेको आरोप आरोप लगाए । कांग्रेस एमाले प्रदेशको संख्यामा ६ देखि ७ को अडान राख्दै आएका छन् । यद्धपि एमाले पछिल्लो पटक चार प्रदेशको अडान कायम राखेको छ ।

नेता मिल्न सुझाव

बैठकमा स्थायी समितिका सदस्यहरुले नेतृत्वलाई अब झगडा अन्त्य गर्न सुझाव दिए । सचिव टोपबहादुर रायमाझीले ‘अब कति झगडा गर्ने ? भन्दै प्रश्न गरेका थिए । हरिबोल गजुरेलले माथि मिलेजस्तो गरेपनि स्थानिय तहमा गुटगुटले पार्टी सिद्धिएको बताए । ‘माथि प्रचण्ड र बाबुराम मिले भन्नुहुन्छ । तर तल फिल्डमा भने मनमुटाव कायम नै छ । यसको जवाफ तपाईंहरुले दिनुपर्छ,’ उनको भनाई उद्धृत गर्दै एक नेताले बताए ।
अग्नी सापकोटाले नेताहरुलाई अब जनतासँग जोडिने कार्यक्रम ल्याउन सुझाव दिएका थिए । नेता जर्नादन शमा प्रभाकरले अब जनयुद्धमा घाइते र बेपत्ताहरुका परिवारले उठेका प्रश्नहरुको जवाफ दिनुपर्ने बेला आएको बताएका थिए । नेताहरुको प्रश्नले अध्यष दाहाल र नेता भट्टराईले आफुहरु मिलिसकेको जवाफ दिए ।

 


  •  
  •  
  •