निःशुल्क कामदार लैजान मलेसिया तयार, सम्झाैताका लागि नेपाल आउँदै मलेसियन मन्त्री

524
  •  
  •  
  •  

काठमाडौं, २८ असोज (ओएनएस) : नेपाल र मलेसियाबीच बहुप्रतिक्षित द्विपक्षीय श्रम समझदारी पत्र (एमओआई) मा कात्तिक १२ गते हस्ताक्षर हुने भएको छ ।

मलेसियाका मानव संशाधन मन्त्री एम कुलेसागरन कात्तिक ११ गते काठमाडौं आउने तय भएको छ । यस लगत्तै नेपाली कामदार ‘निःशुल्क’ रोजगारीका लागि पुनः मलेसिया जाने बाटो खुल्नेछ ।

श्रम, रोजगार तथा सामाजीक सुरक्षा सचिव महेशप्रसाद दाहालले श्रम समझदारीमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधन मन्त्री कुला शेघरान कार्तिक ११ गते नेपाल आउँन लागेकाे पुष्टि गरे।

‘मलेसियासँग श्रम समभदारीको मिति टुंगो लागेको छ। श्रम समझदारीपछि वैदेशिक रोजगार एउटा बाटोमा आउनेछ,’ श्रम सचिव दाहालले भने, ‘वैदेशिक रोजगारको इतिहासमा यो एउटा कोशेढुंगा हुनेछ

यसअघि बिचौलिया खडा गरेर भिसा प्रक्रियाबाटै कामदार ठगिएपछि श्रम मन्त्री गोकर्ण बिष्टले अर्को व्याबस्था नभएसम्म नेपाली कामदार मलेसिया जान रोकेका थिए ।

समझदारीपछि मलेसिया जाने कामदारले विगतजस्तो पाइला पिच्छे ठगी हुनुपर्ने अवस्था नहुने श्रम मन्त्रालयको दाबी छ। समझदारीले कामदारको भर्ना प्रक्रिया, कामदारले पाउने सेवा सुबिधा र सामाजीक सुरक्षा लगायत बिषयमा स्पष्ट किटान गरेको मलेसियाका लागि कार्यबाहक राजदूत कुमार खरेलले वताए।

‘नेपालबाट कामदार पठाउने म्यानपावर, मलेसियाको म्यानपावर, रोजगारदाता, कामदार र सरकारी संयन्त्रको भुमिका स्पष्ट पारेको छ। सवैको आआफ्ना जिम्मेवारी र कर्तव्य तोकिएको छ,’ उनले भने।


  •  
  •  
  •