विपक्षी बिच्किनुको कारण नौ बुँदे प्रस्ताव : नेता नेपाल

182
  •  
  •  
  •  

madhavकाठमाडौं, १२ माघ (ओएनएस) : एमाले नेता माधवकुमार नेपालले सत्तारुढ दलले संवाद समितिमा पेश गरेको नौ बुँदे प्रस्तावको कारण विपक्षी दल बिच्किएको दाबी गरेका छन् ।

नेता नेपालले संवाद समितिमा हतारमा सत्तापक्षले नौ बुँदे प्रस्ताव पेश गर्नु गल्ति भएको बताउँदै सोहि कारण विवाद सुरु भएको बताए ।

प्रेश चौतारीले राजधानीमा गरेको अन्तरक्रियामा बोल्दै नेपालले भने ‘ संवाद समितिमा नौ बुँदे प्रस्ताव पेश गर्न हतार गर्याै, जुन हाम्रो गल्ति थियो । ’ उनले अब कुनै दल पनि सहमतिमबाट पछि हट्न नमिल्दे बताउँदै संवादबाट विवादको हल गर्नुपर्ने बताए ।

विपक्षी दलले माघ ८ कटाउन सहमतिबाट पछि हाटेको आरोप लगाए । उनले भने ‘ विजय गच्छदारले ल्याएको प्रस्ताव राम्रो थियो, तर एमाओवादी लगायत विपक्षी दलको माघ ८ कटाउने चाहानाको कारण प्रस्ताव मान्य भएन । ’

नेता नेपालले गच्छदारको उक्त प्रस्ताव सहमतिको बटमलाइन हुनसक्ने पनि बताए । जसरी पनि सहमतिमा संविधान जारी हुनपर्ने जनाउँदै नेपालले संघीयताको सवालमा एमाले पछि नहट्ने स्पष्ट पारे ।

फरक प्रसंगमा नेपालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई लिएर फेरि पनि फिल्म हेर्न जाने बताउँदै भने ‘ मायाप्रेमको फिल्म होस, जुनमा प्रेम छुटेको होस र त्यसपछि फेरि मिलन होस । ’


  •  
  •  
  •