आजबाट मितेरीको टिकट अनलाइनमा, घरबाटै टिकट बुक गर्न सकिने

138
  •  
  •  
  •  

काठमाडौं १४ साउन (ओएनएस) : नेपालको पुर्व क्षेत्रमा सचालन हुदैं आएको मितेरी यातायातको टिकट अनलाइनबाट बुक गर्न सकिने भएको छ । मितेरीले बस सेवा डटकमसँगको सहकार्यमा अनलाइनबाट नै टिकट काट्न सकिने व्यवस्था मिलाएको हो ।

मितेरीको टिकटको लागि इसेवा जोन, इसेवा पोइन्ट तथा ट्राभल एजेन्सीबाट टिकट काट्न सक्ने कम्पनीले जनाएको छ । मितेरी यातायातको वेवसाइट www.miteriyatayat.com.np  लग अन गरी टिकट खरिद गर्न सकिने व्यवस्था पनि उपल्बध गराएको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तीमा इसेवा एकाउन्ट नभएका ग्राहकहरूले इसेवा जोन तथा पोइन्टबाट टिकट काट्न सक्ने छ ।
अनलाइनबाट टिकट काट्दा टिकट दोहोरो पर्ने, मनपरी हुने जस्ता समस्या यात्रुले भोग्नु नपर्ने विज्ञप्तीमा उल्लेख छ ।

मितेरी यातायातले एसी, डिलक्स् जस्ता उच्च सुविधा भएका गुणस्तरीय यातायातका साधन संचालन गरेको र आफूले पनि विकसित मुलुकमा अनलाइन टिकटिङले निकै सहजता ल्याएको देखेर यो सुविधा सुरु गरीएको उनले बताए ।

अनलाइनबाट टिकट काटी बिना कुनै झन्जट सिधै बस चढ्न सकिने छ । अनलाइनबाट टिकट काटी प्रिन्टेड टिकट अथवा यात्रुको मोबाइलमा आएको एसएमएसका आधारमा गाडीमा चढ्न सकिने छ । अनलाइन टिकट काट्दा यात्रुले काउन्टरकै दररेटमा आफूले चाहेको सिट छानेर काट्न सक्नेछन् ।

अस्तब्यस्त बनेको यातायात क्षेत्रलाई थप व्यवसायिक, मर्या्दित् र सम्मानित बनाउन अनलाइन टिकटिङले ठुलो भुमिका खेल्ने मितेरी यातायातको दाबी छ । हरेक सिट चार्ट अनलाइनमा देखिने हुँदा सिट लुकाउने तथा दोहोरो टिकट पर्ने संभावना नरहने कम्पनीले जनाएको छ । सबैकुरा सफ्टवेयरले नियन्त्रण गर्ने भएकाले पारदर्शीता कायम हुने र यात्रुहरुको विश्वास जित्न सकिने मितेरीको विश्वास छ ।
मितेरीले अनलाइन टिकटिङ सुरु गरेसँगै अब पूर्बी नेपालमा यात्रा गर्नको लागि टिकट काट्न बसपार्कसम्म पुग्न नपर्ने भएको छ । हाल मितेरीले ३० वटा आधुनिक किसिमका एसि, डिलक्स बसहरुबाट सेवा प्रदान गर्दै आएको छ ।


  •  
  •  
  •