‘लेखक हुनु र लेखनअनुरुप जीवन जिउँनु फरक’

220
  •  
  •  
  •  

काठमाडौं, २० चैत (ओएनएस) :  अधिकांश मानिस जस्तो लेख्छन्, त्यसरी उनीहरुको जीवनपद्धती त्यसरी बाँचेको हुँदैन । कम मात्र मानिस हुन्छन् जसले आफ्नो जीवनपद्धति लेख्छन् र उनीहरु सार्थक र समृद्धि जीवन बाँचेका हुन्छन् ।

‘समृद्धिका लागि उद्यम त गर्नै पर्छ, तर उद्यमबाट प्राप्त समृद्धिले मात्र सार्थक जीवन बाँच्न सकिदैन’ कानुन मन्त्री नरहरि आचार्यले भने, ‘जब मानिस आफैप्रति ढुक्क हुन्छ, तबमात्र उसले सार्थक र समृद्ध जीवन बाँच्न सक्छ ।’ शुक्रबार मित्रसेन दाहालको ‘सार्थक र समृद्धि जीवन’को विमोजनपछि मन्त्री नरहरि आचार्यले यस्तो बताएका हुन् । उनले सार्थक र समृद्ध जीवन पुस्तकमा पढ्नुभन्दा लेखक मित्रसेन दाहालको जीवन नैं खुल्ला किताब भएको बताए ।

‘मेरा अन्य साथीहरु पनि छन्, जो मृगौला प्रत्यारोपणपछि ओच्छ्यान र सामान्य गतिविधि गरेर विरामी जीवन विताइरहेका छन्, मन्त्री आचार्यले थपे, ‘तर मित्रसेनजी लेखनदेखि समाजसेवाका कामसम्म अझ सक्रिय भएर लागि रहनुभएको छ, उहाँबाट कम्तिमा आजको पुस्ताले प्रेरणा लिन सक्नुपर्छ ।’ लेखक दाहालका दुबै मृगौला फेल भएर प्रत्यारोपण गरिएको थियो ।

समान्यतया जुनसुकै मञ्चमा पनि राजनीतिका चर्का भाषण गर्ने मन्त्रीहरुको चरित्र पनि लुकाउने प्रयास गरे । १३ मिनेटसम्म बोलेको आचार्यले राजनीतिका केही शब्द लेखक दाहालका विषयमा मात्र प्रयोग गरे ।

लेखक दाहालले २०६५ सालमा मृगौला प्रत्यारोपणपछि मात्र ८ पुस्तक लेखिसकेका छन् । राजनीति अध्यात्म र भौतिक दुनियाँसम्म कलाम चलाईसकेकका दाहालले सबैभन्दा पहिले नेपालमा विज्ञापन व्यवसाय नामको पुस्तक लेखेका थिए ।

‘मैले विगतका पुस्तकहरुलाई पुनः नियालेर आफैले समिक्षा गरे, मानिसको जीवनमा मैले लेखेका पुस्तक त कम महत्वका पो रहेछन् ।’ उनले प्रकाशन गर्न बाँकी केही पुस्तकलाई परिस्कृत गरेर काम लाग्ने भएमात्र प्रकाशन गर्ने बताए । उनले भने, ‘त्यसपछि सार्थक हुने देखेभने पुस्तक लेख्ने र प्रकाशन गर्ने काम गर्छु नत्र पुस्तक लेख्नै छाडिदिन्छु ।’

‘मुलुक अघि बढ्दै गर्दा हामीले चाहेको के हो भन्ने विषयमा यो पुस्तक लेखिएको हो’ दाहालले भने, ‘तर यो पुस्तक प्रकाशन भएर पनि विमोचनको साइत नजुर्दा केही ढिला भएको बताए ।’ उनले मुलुकका समस्याका बारेमा लेखेकाले माघ आठ अघि नैं आउनु उपयुक्त हुने बताए ।


  •  
  •  
  •