मिथिला शर्मा र पूर्व आइजिपी बोहोराबीच इंगेजमेन्ट

750
  •  
  •  
  •  

काठमाडौं २१ असार (ओएनएस) : अभिनेत्री मिथिला शर्मा र पूर्व आइजिपी मोतिलाल बोहोराबीच इंगेजमेन्ट भएको छ। ५० वर्षीया अभिनेत्री एवं नृत्यांगना शर्माले ७४ वर्षीय बोहोरासँग बिहे गर्न लागेकी हुन्।

10351578_10153262882434368_3494776401205425140_nइन्गेजमेट्को फोटो ट्विटरमा सार्वजनिक भएको हो। सिमित पारिवारिक सदस्यका साथ गरिएको इन्गेजमेन्टमा दुबैले टिकाटालो गरेका हुन्। यद्यपी विहेको मिति भने तय भएको छैन। मिथिला शर्माले लामो समय नेपाल प्रहरीको महेन्द्र पुलिस क्लबमा नृत्यांगना र निर्देशक भएर काम गर्ने क्रममा बोहारासँग उनको चिनाजान भएको थियो ।

केही समयपछि विवाह बन्धनमा बाधिन लागेको यो जोडीले यसलाई बिहे भन्नुभन्दा पनि जीवनको उत्तरार्द्धमा साथीको खोजी गरेको बताएका छन्। मिथिला र बोहोरा लामो समयदेखि चिनजानमा छन्। बोहोराकी पत्नीको एक वर्षअघि निधन भएको थियो। मिथिलाको यसअघि बिहे भएको छैन।

10351150_10153262880049368_518391312855852773_n  10525870_10153262883534368_7217781473714649528_n 10527287_10153262880514368_476425990735946830_n


  •  
  •  
  •