बहुचर्चित राम-जानकी पदयात्रा जलेश्वरमा

239
  •  
  •  
  •  

जलेश्वर, १० फागुन (ओएनएस) : जनकपुरलाई केन्द्र मानेर सुरु भएको मिथिला परिक्रमाका १५ दिने पदयात्रीहरु भगवान राम र जानकीको प्रतिमा राखिएको डोलासहित महोत्तरी सदरमुकाम जलेश्वरमा पुगेका छन् । । पदयात्रीहारु जलेश्वर पुगेपछि धार्मिक मेला लागेको छ । सन् १७०० सयको शुरुवातबाट यो धार्मिक पदयात्रा शुरु भएको धार्मिक विश्वास छ ।

जानकी र भगवान रामको उत्सव प्रतिमा राखिएको डोलासहित जलेश्वर महालिङ्गको दर्शन गर्दै जलेश्वर नगरपालिकाको साहुजी टोलस्थित परिक्रमा गाछीमा पदयात्रीहरु डोलासहित पुगेपछि त्यहाँ मेला लागेको हो ।

छुट्टाछुट्टै टेन्टमा जानकी र भगवान रामको प्रतिमा राखिएपछि पुजापाठ गर्न श्रद्धालुको घुँइचो छ । सीमावर्ती बिहारबाट समेत दर्शनार्थीहरु आइपुगेका छन् । पदयात्रामा समेत नेपाल र भारतका गृहस्थ, सन्यासी, सन्त, महन्थलगायतका आस्थावान महिला तथा पुरुषको सहभागिता छ । केहीबर्षदेखि मिथिला पदयात्रामा नागा बाबाहरुको उपस्थिती देखिन छाडेको छ ।

मेलामा पदयात्री तथा श्रद्धालुका लागि जिल्ला स्वास्थ्य कार्यालय, सशस्त्र प्रहरी बल, रेडक्रस, जलेश्वर नगरपालिका कार्यालयसहितका एक दर्जन भन्दा बढी संस्थाले निशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् । जलेश्वर नगरपालिका र परशुराम सेवा समितिले मिथिला परिक्रमाका पदयात्रीहरुको लागि चामल, च्युरा, दाउरा, दहीलगायतको भोजन सामग्री निशुल्क वितरण गरेका छन् । स्थानीयवासीले समेत आ–आफ्नै घरको मूलद्वारमा बसेर मुरही, च्यरा, गुड वितरण गरेको देखिन्थ्यो ।

mithila 3

धनुषाको कचुरीबाट मिथिलाबिहारी तथा जनकपुरको अग्निकुण्डबाट किशोरीजीको डोलासहित शुरु भएको पदयात्रा पाचौं दिन जलेश्वर आइपुगेको हो । महोत्तरीकोृ मटिहानीमा एकदिने बिश्रामपछि १५ दिने मिथिला परिक्रमाका पदयात्रीहरु उत्सव प्रतिमासहित जलेश्वर आइपुगेको हो । महोत्तरीकै मडैं, धु्रवकुण्ड तथा कंचनवनमा आठौंदिनसम्म पदयात्रीहरु रह्नेछन् । कंचनवनमा धार्मिक होलीको सुरुवात गर्दै मिथिला परिक्रमाका पदयात्रीहरु डोलासहित धनुषा जिल्लाको पर्वता प्रवेश गर्नेछ । सन् १७०० सयको शुरुवातबाट यो धार्मिक पदयात्रा शुरु भएको विश्वास गरिन्छ ।

पदयात्रीहरुले धनुषा र महोत्तरीको १०७ तथा भारत बिहारको २६ किलोमिटर दूरी पार गर्र्दै पूर्णिमाको दिन जनकपुर पुग्नेछ । पदयात्रीहरु धनुषाको पाँच, महोत्तरीको पाँच तथा भारत विहारको चार ठाउँमा एक÷एक बिश्राम गरेको कारण १५ दिने मिथिला परिक्रमा भनिएको हो ।


mithila 2


  •  
  •  
  •