काठमाडौं, २२ वैशाख (ओएनएस) : नेपालस्थित अमेरिकी दुतावासले डीभी चिठ्ठा २०१५ को गत विहीबार आएको नतिजामा प्राविधिक गडबडी भएको हुनसक्ने भन्दै दोहोर्याएर हेर्न आग्रह गरेको छ ।
दूतावासले पहिले भएको नतिजामा केही प्राविधिक त्रुटी भएको जनाएको छ । ‘डीभी २०१५ का आवेदनकर्ताहरु सिस्टममा आएको खराबीका कारण मे १ मा आएको नतिजा गलत हुनसक्छ, त्यसैले फेरि हेर्नुहोला’ दूतावासको आधारिक ट्विटरमा भनिएको छ ।
डीभी चिठ्ठा मार्फत वर्षेनी हजारौ नेपाली अमेरिका पुग्ने गरेका छन् । २०१५ मा विश्वभरबाट ५० हजार जना डीभी मार्फत देश भित्राउने अमेरिकी योजना छ ।