मिस कल : ठग्नकै लागि

243
  •  
  •  
  •  

काठमडौं १ मंसिर । अपरिचित नम्बरबाट मिस कल वा म्यासेज आयो ? झुक्कीएर पनि कल ब्याक नगर्नुस तपाई ठगिन सक्नु हुन्छ । बिशेष गरि विदेशबाट आउने मिस कल तथा सन्देश ठग्नकै लागि आएको पाईएको छ ।

ं९२३३२०७६८१८९ , ं९२३०४७१७५९० वा यस्तै नम्बरबाट मिल कल आयो भने बुझ्नुस तपाई ठगिदै हुुनु हुन्छ । तपाईले कल व्याक गर्ने वित्तिकै उनीहरुले तपाईलाई नेपाल टेलिकम, कौन बनेगा करोड पति वा यस्तै कुनै संस्था वा कार्यक्रमको नाम दिएर पच्चिस लाख , पचास लाख रुपैयाको चिठ्ठा वा लट्री परेको बताउछन् । थप जानकारी दिनका लागि मोबाईलमा तीन सय रुपैया रिचार्ज गरि फेरी फोन गर्न भन्छन् ।

फेरी फोन गर्दा बैंक एकाउण्ट माग्छन् । मिले सम्म तपाईको एटिएम कार्ड नम्बर र पिन कोड माग्छ । नभए चिठठामा परेको रकम लिनका लागि सरकारको कर तिर्नु पर्ने भएकाले बीस हजार रुपैया भारु पठाउन आग्रह गर्छन । त्यसरी रकम पठाउदा नजिकको सिमावर्ती भारतीय शहरमा पुगेर पठाउन आग्रह गर्छन । रकम पठाउनुभयो भने तपाईको रकम गठियो ढुक्क हुनुुस ।

करिब एक साता देखि धेरै नेपालीलाई यस्तो मिलकल आएको छ । धेरैले यसको पछि लागेर बैंक एकाउण्ट, एटिएम कार्ड नम्बर उपलब्ध गराई रहेका छन् । आफु ठगिएको कुरा बताउन लाज लाग्ने भएकाले ठगिएकाले पनि यो कुरा गोप्य राखि रहेका छन् । कति नेपाली ठगिई सके कति ठगिने क्रममा छन् यकिन हुन सकेको छैन । यसलाई कस्ले रोक्ने हो त्यो पनि ठेगान छैन । मोहन बस्याल


  •  
  •  
  •  

Comments are closed.