सिम्रन बनिन् मिस तामाङ

मिस तामाङ २०१८ का ताज सिम्रनलाई
275
  •  
  •  
  •  

काठमाडौं, २० फागुन (ओएनएस) : यस वर्षको मिस तामाङको उपाधि ठोरी गाउँपालिका पर्साकी सिम्रन स्याङ्बोले जितेकी छिन ।

नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा शनिबार होटल सोल्टी क्राउन प्लाजामा आयोजना गरेको एघारौँ संस्करणको मिस तामाङको उपाधि पर्साकी सिमरनले जितेकी हुन्। उनले प्रतियोगितामा सहभागि २७ प्रतिष्पर्धीलाई उछिन्दै उपाधि हात पारेकी हुन्।

सिम्रनले प्रतियोगितामा सबैभन्दा बढी भोट प्राप्त गरेकी थिईन् उपाधिसँगै उहाँले रु एक लाख पुरस्कार हात पार्नुभयो । सिमरनलाई सन् २०१७ की मिस तामाङ पिंकी घिसिङले ताज पहिर्याएकी थिइन् ।

यस्तै, फस्ट रनरअपसँगै इमेज भ्युवर च्वाइस नुवाकोटकी रञ्जिता लामा, सेकेण्ड रनरअपसँगै फोटो भ्युवर काठमाडाँैकी कुञ्छान लामा, फोर्थ रनरअपसँगै ब्युटिफुल स्माइल मकवानपुरकी गीताञ्जली पाख्रिन तथा फिप्थ रनरअप काभ्रेकी अनिशा तामाङ भएकी हुन् । यसैगरी, वेष्ट क्याटवाकको उपाधि रूपा घिसिङले, वेष्ट पर्सनालिटी आशिका बलले, वेष्ट फ्रेण्डसिप सिम्रन लामाले, वेष्ट अनुशासन क्रिष्टिना लामाले तथा वेष्ट ब्युटिफुल हेयरको उपाधि प्रियंका लामाले जितेकी छन् ।

निर्णायकहरू सिभिल होमका अध्यक्ष इच्छाराम तामाङ, सन् २०१२ की मिस तामाङ सुमी मोक्तान, नायिका ओसिमा बानु, समाजसेवीद्वय प्रविण मोक्तान र भुपाल तामाङ रहेका थिए । तामाङ जातिको कला, संस्कृति, भेषभुषा तथा रीतिरिवाज हराउँदै गएकाले त्यसलाई जोगाउने उद्देश्यले मिस तामाङ प्रतियोगिता आयोजना गरेको नेपाल तामाङ कला–संस्कृति केन्द्रका संस्थापक मिलन मोक्तानले जानकारी दिए।

‘यूवा पुस्ताले आफ्नो संस्कृति र रितीरवाज छोड्दै गएको छ, यसलाई जोगाइराख्न प्रतियोगिता आयोजना गर्दैआएका छौँ’ उनले भने। सिम्रनसहित अहिलेसम्म जेनिशा मोक्तान, उपाली ग्याबाक, समी बज्यु, रोजिना घिसिङ, सुमि मोक्तान, लाक्पा तामाङ, मुनाश्री तामाङ, लक्ष्मी मोक्तान तामाङ, उर्मिला लामा योञ्जन र पिंकी घिसिङले मिस तामाङको उपाधि जितेकी छन् ।

‘मिस तामाङ’ प्रतियोगिता सन् २००६ देखि काठमाडौँमा आयोजना गरिँदै आएको छ । पहिलो मिस तामाङको उपाधि जेनिशा मोक्तानले प्रप्त गरेकी थिईन ।


  •  
  •  
  •