दक्षिण अफ्रिकाकी रोलिन स्ट्रास बनिन् विश्व सुन्दरी

265
  •  
  •  
  •  

काठमाडौ, २९ मंसिर(एजेन्सी) : दक्षिण अफ्रिकाकी सुन्दरी रोलिन स्ट्रासले यस वर्षको विश्व सुन्दरीको उपाधी जितेकी छिन् । लण्डनमा भएको प्रतियोगितामा हंगेरीकी सुन्दरी एदिना कुलसर फष्ट रनर अप र अमेरिकी सुन्दरी एलिजाबेथ सैफरिट सेकेण्ड रनरअप भएका छन् ।

स्ट्रासले १ सय २५ देशका सुन्दरीहरुलाई पछि पार्दै मिस वर्ल्डको उपाधी जितेकी हुन् । तपाई किन विश्व सुन्दरी बन्न चाहनुहुन्छ भन्ने प्रश्नको उत्कृष्ट उत्तर दिएपछि उनलाई मिस वर्ल्डको उपाधी दिइएको हो ।

2014-miss-worldविश्व सुन्दरीको अन्तिम ५ मा दक्षिण अफ्रिका, हंगेरी, अष्ट्रेलिया, अमेरिका र बेलायतका प्रतिष्पर्धी पुगेका थिए । सन् १९५१ को पहिलो विश्व सुन्दरी प्रतियोगितापछि दोस्रो पटक यो प्रतियोगिता लण्डनमा भएको हो ।

नेपालबाट प्रतिष्पर्धामा भाग लिन पुगेकी मिस नेपाल सुबिन लिम्बु पहिलो चरणबाट नै बाहिरिएकी थिइन् । दोस्रो चरणमा पुगेका २५ जनाले प्रतिष्पर्धा गरेका थिए ।


  •  
  •  
  •