मिस नर्सका प्रतियोगीले देखाए आफ्नो प्रतिभा…(तस्विरसहित)

154
  •  
  •  
  •  

काठमाडौ, १२ पुस : नेक्स्ट मोडल्स नेपाल र स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा आयोजित सौदर्य प्रतियोगीता ‘मिस नर्स नेपाल २०७१’का प्रतियोगीले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । काठमाडौंको तिनकुने स्थित ग्रीन पार्टी भेन्यूमा आयोजना गरिएको ट्यालेन्ट राउण्डमा प्रतियोगीहरूले आफूमा रहेको नृत्य, गायन, अभिनय, वक्तृत्वकला लगायतका विभिन्न कला प्रस्तुत गरेका थिए ।

miss nursing talent show1ट्यालेन्ट राउण्डको निर्णायकमा डा .सुभाष प्याकुरेल, गायक कोशिष क्षेत्री, मोडेलिङ संघको अध्यक्ष दिनेश शाही, नृत्य निर्देशक दिपेन्द्र थापा र फेसन कोरियोग्राफर चाँदनी लामिछाने रहेका थिए । कार्यक्रममा निर्णायक डा . सुभाष प्याकुरेलले नर्सिङ पेशामा संलग्नहरूले देखाएको यो प्रतिभाले उनीहरू हरेक क्षेत्रमा सक्षम रहेको पुष्टि भएको बताए । ट्यालेण्ट राउण्डमा स्पर्धीहरुले प्रदर्शन गरेको प्रतिभाकै आधारमा मिस ट्यालेण्ट घोषणा गरिने आयोजक नेक्स्ट मोडल्स नेपालका प्रमुख रवि धमलाले जानकारी  दिए ।

miss nursing talent show4नर्सिङ पेशामा आबद्ध युवतीहरुलाई समाजप्रति थप उत्तरदायी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । यसमा ४० प्रतियोगीले अन्तिम स्पर्धाका लागी तयारी गरिरहेका छन् । प्रतियोगीताको अन्तिम स्पर्धा यही पुस १९ गते आयोजना हुदैछ ।

miss nursing talent show2


  •  
  •  
  •