मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला

79
  •  
  •  
  •  

काठमाडौं । द हिडन ट्रेजरले मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला गरेको छ । प्रतियोगिताका लागि इच्छुक नेपाली युवतीले जेठ १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

मिस नेपाल २०२४ को ग्रान्ड फिनाले साउन १९, गते गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ । प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ भएका १८ देखि २७ वर्षका अविवाहित नेपाली युवतीले आवेदन दिन सक्नेछन् । प्रतियोगितामा भाग लिन आवेदनको कुनै पनि शुल्क नलाग्ने द हिडन ट्रेजरले जनाएको छ ।

मिस नेपाल प्रतियोगिताका लागि सहभागीहरूको खोजी बिर्तामोड, इटहरी, वीरगन्ज, चितवन, भैरहवा, नेपालगन्ज, पोखरा, सुर्खेत र काठमाडौंलगायत विभिन्न सहरमा हुनेछ ।

फाइनल अडिसन मे १८, २०२४ मा काठमाडौंमा हुनेछ । जसबाट छानिएका प्रतियोगिहरूले ग्रान्ड फिनालेको तयारीका लागि प्रशिक्षण लिनेछन् ।


  •  
  •  
  •