अदालतले गरेका आदेशहरु सरकारले कार्यान्वयन गरेन : प्रधानन्याधीश मिश्र

446
  •  
  •  
  •  

काठमाडौं, ५ कार्तिक (ओएनएस) : प्रधानन्याधीश ओमप्रकाश मिश्रले अदालतले गरेका आदेशहरु सरकारले कार्यान्वयन नगरेको गुनासो गरेका छन् ।

सोमबार भैरहवामा आयोजित कार्यक्रममा प्रधानन्याधीश ओमप्रकाश मिश्रले अदालतले गरेको आदेश र फैसालाको २० प्रतिशत पनि सरकारले कार्यान्वयन नगरेको बताए ।

त्यस्तै १५ प्रतिशत मुद्धा मात्र अदालतसम्म आउने भन्दै प्रधानन्याधीश मिश्रले समाजमा भएका ८५ प्रतिशत मुद्धा अदालतसम्म ल्याउन मानवअधिकारकर्मी र समाजका अगुवाहरुले सहयोग गर्नुपर्ने बताए ।

गरिबी, अज्ञानता तथा विभिन्न कारणले नागरिकहरु न्याय नपाएरै बसेको भन्दै अन्यायमा परेका नागरिकलाई अदालतसम्म ल्याउन र न्याय दिलाउनु सबैको दायित्व भएको बताए ।


  •  
  •  
  •