अर्जेन्टिना र चिलीबीच फाइनल चल्दा मेसी र अग्युरोका परिवारमाथि रंगशालामै हातपात

187
  •  
  •  
  •  

एजेन्सी ।  कोपा अमेरिका कप फुटबलअन्तर्गत आइतबार विहान अर्जेन्टिना र चिलीबीच फाइनल खेल चल्दै गर्दा अर्जेन्टिनी खेलाडीका परिवारमाथि दुर्व्यबहार भएको छ ।

चिलीमा भएको फाइनल हेर्न गएका अर्जेन्टिनी फर्वाड तथा कप्तान लियोनल मेसीका भाई र अर्का फर्वाड सर्जियो अग्यूरोका परिवारमाथि हातपात भएको हो । उनीहरुलाई घरेलु समर्थकले हातपात गरेका हुन् ।

निकै प्रतिस्पर्धामक खेलको पहिलो हाफमा मेसीका भाइ रोड्रिगोलाई चिलीका एक समर्थकले हातपात गरेका थिए । हातपातपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थितिलाई साम्य पार्न मेसीका भाईले दोस्रो हाफमा क्याबिनबाट खेल हेरेका थिए ।

अग्युरोका परिवारलाई पनि चिलीका समर्थकले दुर्ब्यबहार गरेका थिए । रोमाञ्चक खेलमा चिलीले अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै पहिलो पटक प्रतियोगिताको उपाधि जितेको थियो ।


  •  
  •  
  •