२९ वर्षपछिको किर्तीमानी रेकर्ड बराबरी गरे मिसबाहले

153
  •  
  •  
  •  

oकाठमाडौ, १६ कात्तिक(एजन्सी) : अष्ट्रेलियाविरूद्ध जारी प्रतियोगितामा पाकिस्तानका कप्तान मिसबाह उल हकले सबैभन्दा तिव्र गतिमा टेष्ट शतक बनाएका छन् । मिसबाहले २९ वर्षपछिको कीर्तिमानी शतक बराबरी गरेका छन् ।

अबुधाबीमा जारी प्रतियोगितामा मिसबाहले मात्र ५६ बलमा शतक प्रहार गर्दै उनले सन् १९८५ मा वेष्ट इण्डिजका आईभीए रिचर्डले बनाएको तिव्र गतिको टेष्ट शतकसँग बराबरी गरेका छन् । उनले स्टेभन स्मिथको एक ओभरमा ३ छक्का र १ चौका प्रहार गर्दै २२ रन समेत जोडेका थिए । शतक बनाउने क्रममा उनले ११ चौका र ५ वटा छक्का प्रहार गरेका थिए ।

उनले उक्त शतक प्रहार गर्ने क्रममा तिव्र गतिको अर्धशतक समेत बनाएका छन् । उनले २१ बलमा ५० रन जोडेका थिए । मिसबाहले दक्षिण अफ्रिकाका ज्याक कालिसको रेकर्ड तोडेका हुन् । ज्याक कालिसले सन् २००५ मा जिम्बाब्बे विरूद्ध बनाएको रेकर्ड बनाएका थिए ।


  •  
  •  
  •