भारतद्वारा मिसाइल प्रहार गरी भूउपग्रह नस्ट

469
  •  
  •  
  •  

एजेन्सी, नयाँ दिल्ली : लो अर्थ अर्बिटमा रहेको एउटा भू–उपग्रहलाई पृथ्वीबाट मिसाइल प्रहार गरी भारतले नष्ट गरेको छ ।
नष्ट गर्नका लागि ३ मिनेट समय लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिका, रुस र चीनपछि अन्तरिक्ष क्षेत्रमा उपलब्धि हासिल गर्ने भारत चौथो देश हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यो सफलतासँगै भारत अन्तरिक्ष महाशक्ति बनेको दाबी गरेका छन् । देशबासीका नाममा सम्बोधन गर्दै उनले भारतले अभूतपूर्व सिद्धी प्राप्त गरेको बताएका छन् ।

सम्बोधनका क्रममा उनले भने, ‘भारतले आफ्नो नाम अन्तरिक्ष महाशक्तिको रुपमा दर्ता गराएको छ । दुनियाँका तीन देश, अमेरिका, रुस र चीनले यो उपलब्धि प्राप्त गरेका थिए । अब यो पंक्तिमा भारत पनि सहभागी भएको छ ।’
पृथ्वीबाट तीन सय किलोमिटर पर रहेको लो अर्थ अर्बिट स्याटलाइट मिसाइलले ध्वस्त पारेको जनाइएको छ ।

यो काम तीन मिनेट भित्र सम्पन्न भएको थियो । मिसन शक्ति भनिएको यसमा कठिन अपरेसन सफल भएको मोदीको दाबी छ ।

भारतले ए स्याट नाम गरेको क्षेप्यास्त्र प्रहार गर्दै अन्तरिक्षमा रहेको भू उपग्रह खसाएको हो । भारतले सन् २०२२ सम्ममा अन्तरिक्षमा मानव पठाउने तयारी गरिरहेको छ ।


  •  
  •  
  •