‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठलाई

204
  •  
  •  
  •  

काठमाडौं, वैशाख(ओएनएस) : ‘मिस नेपाल २०१९’ को उपाधि २३ वर्षीया अनुष्का श्रेष्ठले जितेकी छन् ।
बिहीबार राति भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुस्काले ताज चुमेकी हुन् ।

उनलाई अघिल्लो संस्करणकी मिस नेपाल श्रृंखला खतिवडाले विजयी ताज पहिरिदिएकी थिइन् । यस्तै प्रदिप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत नेपाल अर्थ बनेकी छन् ।

यस्तै मिरा कक्षपति मिस नेपाल इन्टरनेशनल र रोज लामाले सुपर न्यासनलको उपाधि जित्न सफल भएका छन् ।


  •  
  •  
  •