दाइजो लिए /दिए विवाह नै बदर

132
  •  
  •  
  •  

काठमाडौं २१ साउन (ओएनएस) : दाइजो वा तिलक लिने वा दिने गरी भएको विवाह अब बदर हुने भएको छ। सरकारले ल्याएको सामाजिक सुधार विधेयकमा दाइजो लिएको वा दिएको विवाह नै बदर हुने कडा व्यवस्था गरेको हो। यसैगरी विधेयकमा विवाहमा नेपाल सरकारको सेवामा बहाल रहेको राष्ट्रसेवकलाई बाजावालको रुपमा भाग लिन नपाउने व्यवस्था गरिएको छ।
दाइजो नदिएको, रकम दिएको वा दिन कबुल नगरेका कारणले दुलाहा पक्षले विवाह भएपछि आफ्नो साथ लैजान इन्कार गर्न पाइने छैन्। यसको नियम उल्लघंन गर्नेलाई १ लाख रुपैयाँ जरिवाना वा ३ महिना कैद सजायको व्यवस्था समेत विधेयकमा गरिएको छ।दुलाह र दुली पक्षबाट विवाहमा लागेको वा लाग्ने खर्च वा पढाई, व्यापार, व्इवसाय वा व्यक्तिगत विकासका लागेको वा लाग्न्े खर्च दुलाहा दुली पक्षले अर्को पक्षसँग माग्न वा लिन नपाउने व्यवस्था गरिएको छ । विवाह भड्कीलो रुपमा गरेमा २५ हजार जरिवाना गर्ने व्यवस्था गरिएको छ । राजधानीबाट


  •  
  •  
  •