आज विश्व मृगौला दिवस

398
  •  
  •  
  •  

काठमाडौं, ३० फागुन(ओएनएस) : आज विश्व मृगौला दिवस । यो वर्ष ‘मिर्गौला स्वास्थ्य सबैका लागि सबै तिर’ भन्ने नाराका साथ नेपालमा पनि दिवस मनाइँदैछ ।

विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार औषतमा १० प्रतिशत नागरिकलाई मिर्गौलाको समस्या देखिएको छ ।
यसैबीच दिवसको अवसरमा त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग, फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल (पिएसआरन) र स्वतन्त्र विद्यार्थी यूनियन बिहीबार बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका थिए ।

कार्यक्रमका आयोजकसँगै पैदल यात्रा गरेर प्रधानमन्त्री ओलीले मृगौला सुरक्षाका लागि खानपान र शारिरीक व्यायाममा ध्यान दिनुपर्ने बताए ।


  •  
  •  
  •