अल्ट्रा धाविका मीरा राई ‘साहसी वर्ष व्यक्ति’ घोषित

332
  •  
  •  
  •  

mira raiकाठमाडौं, माघ (ओएनएस) : नेपाली अल्ट्रा धाविका मीरा राईले ‘एड्भन्चर अफ दी इयर २०१७’ अर्थात ‘साहसी वर्ष व्यक्ति २०१७’ जितेकी छन् ।

टेलिभिजन च्यानल नेशनल जियोग्राफीले आयोजना गरेको विश्वभरका साहसिक ब्यक्तिको उपाधि नेपालकी अल्ट्रा धाविका राईले जितेकी हुन् ।

विश्वका १० असाधारण साहसिक सफलता प्राप्त गर्नेको सूचीबाट मिरा अनलाईन मतदानका आधारमा शीर्ष स्थानमा परेको नेशनल जियोग्राफिले उल्लेख गरेको छ ।

‘मीरा कुनै समय चामलको बोरा बोकेर नेपालको पहाडतिर हिँडिरहकी हुन्थिन’ नेशनल जियोग्राफिले भनेको छ, ‘तर उनी एकपछि अर्को प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जित्दै विश्वभरका महिलाका लागि आज प्रेरणाको स्रोत बनेकी छिन् ।’

जियोग्राफिकले १२ बर्षदेखि यो अवार्ड दिँदै आएको छ । साहसिक खेल, अन्वेषण, संरक्षण र मानवीय क्षेत्रलगायतमा काम गर्नेलाई अवार्ड दिइदै आएको छ । अवार्डका लागि नेशनल जियोग्राफिकले मनोनयन गर्ने गर्छ। उत्कृष्ट दशपछि अनलाइन मतदान समेतका आधारमा बर्ष व्यक्तिको घोषणा हुनेगर्छ ।

भोजपुरमा जन्मिएकी २७ वर्षीया राई तत्कालीन नेकपा माओवादीकी लडाकु समेत हुन् । सेना समयोजनमा आयोग्य घोषित बनेपछि उनले अल्ट्रा धाविकाको रुपमा आफुलाई परिचित गराएकी थिइन ।

यसअघि मीराले गत वर्ष फ्रान्समा भएको ८० किलोमिटरको विश्व मोन्ट ब्लंक म्याराथनमा मिरा पहिलो भइन् भने गएको वर्ष हङकङ भएको आइल्याण्ड ट्रेल रेस पनि मिराले जितेकी थिइन् ।

mira rai 3

  mira rai 1 mira rai ultra racer nepal01
Mira-Rai2

 


  •  
  •  
  •