बलात्कारको पिडा सहन नसक्दा ५ वर्षीय बालिकाको मृत्यु

409
  •  
  •  
  •  

rape-case_thumbकाठमाडौ, १५ मंसिर(एजेन्सी) : मिर्जापुरको जमालपुर थाना क्षेत्रको एक गाउँमा एक युवकले ५ वर्षीय बालिकाको बलात्कार गरेका छन् । बलात्कारको पीडाका कारण ती बालिकाको मृत्यु भएको छ ।

घटनाबारे थाहा पाएपछि गाँउलेले ती बालिकाको शव बोकेर प्रहरी चौकी पुगेका थिए र आरोपीविरूद्ध मुद्धा दर्ता गरेका छन् । प्रहरीले उक्त मुद्धा दायर गरी बलात्कारी युवकको खोजी कार्य सुरू गरेको छ ।

प्रहरीका अनुसार पाँच वर्षीय ती बालिका एक महिना अगाडी मात्र जमालपुर क्षेत्रमा घुम्नका लागि आऐकी थिइन् । घटना अगाडी ती बालिका आइतबार दिँउसो करिब तीन बजे एक विद्यालयको पछाडि खेलिरहेकी थिइन् ।

यस क्रममा गाँउका एक २२ वर्षीय युवक त्यहाँ आइपुग्यो र ती बालिकालाई उनकै हजुरबुवाको अगाडि बिस्कुट खुवाएका थिए ।

केही बेर पछि बालिकाका हजुरबुवा केही कामले बालिकाबाट टाढा गए । त्यसपछि ती युवकले बालिकालाई लिएर विद्यालय पछाडिको खेतमा गए । त्यहाँ ती बालिकाको बलात्कार गरे । बलात्कारको पिडा सहन नसक्दा ती बालिकाले त्यही आफ्नो प्राण त्यागिन् ।

बेलुका करिब पाँच बजेसम्म बालिका घर नआएपछि उसका हजुरबुवा चिन्तित भए र परिवारका साथ खोज्नका लागि निस्किए । निकैबेर खोजेपछि उनीहरुले बालिकाको शव रगतले लतपतिएको अवस्थामा फेला पारे । यसपछि उनका परिवारको आवाजले गाउँलेहरू भेला भए ।

रिसाएका परिवारका सदस्यहरू शवलाई गाउँलेहरूको साथमा लिएर चौकीमा पुगे र आरोपीविरूद्ध मुद्धा दायर गरे । प्रहरीले घटनाको अनुसन्धान र युवकको खोजी सुरू गरेको छ ।


  •  
  •  
  •