प्रेम जोडीलाई पहिले विष, पछि टुक्रा-टुक्रा पारेर फालियो नहर किनारामा

77
  •  
  •  
  •  

काठमाडौ, १३ भदौ(एजेन्सी) : पञ्जाबको अमृतसर जिल्लामा एक जोडीको विभत्स हत्याको घटना बाहिर आएको छ । उक्त घटनामा एक प्रेमी जोडीलाई किशोरीका परिवारले पहिले विष खुवाए र तरवारले काटेर हत्या गरेका छन् । यसपछि दुवै शवलाई एक नहरको किनारामा फ्याकिदिएका थिए ।

couple-poisoned१५ सालका गुरप्रीत कौर और १९ को लवप्रीत सिंहका गाउँमा आसपास नै घर थियो । दुवै एक-अर्कासँग प्रेम गर्थे । आइतबार दुवैजना भागेर गुज्जरपुरामा लवप्रीतको दिदीको घरमा आएका थिए । यसविषयमा परिवारले निकै ठूलो रडाको नै मच्चाए । किशोरीका परिवारले उनलाई लवप्रीतसँग विवाह गरिदिने भन्दै घर लिएर गए । तर, राती किशोरलाई उसको घरबाट अपहरण गरे र बुधबार राती हत्या गरिदिए ।

प्रेमी जोडीलाई पहिले विष खुवाए । किशोरीका काका लखवीर, भाई जसविन्दर र पाँच अन्य मिलेर दुवैलाई तरवारले काटेर नदीको किनारमा फालिदिए । प्रहरीले लखवीर र जसविन्दरलाई पक्राउ गरेको छ । अन्य आरोपी हीरा सिंह, शीतू, बोबा, साबी र विक्का फरार छन् ।

आरोपीहरूले सोधपुछका क्रममा प्रहरीलाई दुवैलाई निकै पिटेपछि लवप्रीतलाई काट्न चाहन्थे । दुवै कराएको आवाज कसैले नसुनोस् भन्नका लागि उनीहरूको मुखमा विष हालिदिए । विषको असर भएपछि दुवैजना तड्पिन लागेपछि तरवारले टुक्रा-टुक्रा पारिदिए ।


  •  
  •  
  •