बलात्कारपछि जिउँदै जलाइइन् एक किशोरी

281
  •  
  •  
  •  

child-on-fire-demoकाठमाडौँ, १४ असोज(एजेन्सी) : उत्तर प्रदेशको पीलीभीत जिल्लामा अपहरण र बलात्कारको एक दर्दनाक घटना घटेको छ । एक व्यक्तिले एक किशोरीलाई अपहरण गरेर बलात्कार गरेका छन् । यसपछि घटनाबारे अरूले थाहा पाउने डरले ती बालिकालाई जिउँदै आगो लगाइदिए ।

१५ वर्षकी ती किशोरी आफ्नो परिवारसँग उक्त गाउँमा बस्दै आएकी थिइन् । बुधबार बेलुका आफ्नो घरको ढोकामा उभिरहेको बेलामा उनको छिमेकमा बस्ने युवक सलिम त्यहाँ आए र उनलाई जबरजस्ति आफ्नो घरमा लगे ।

घरमा लगेपछि सलिमले ती किशोरीको बलात्कार गरे । बलात्कार गरिसकेपछि उनले आफ्नो पोल खुल्ने र समाजमा बदनाम हुने डरले ती किशोरीलाई मार्ने विचार गरे र ती किशोरीमाथी मट्टितेल खन्याए र आगो लगाइदिए । शरिरमा आगो लागेपछि किशोरी कराउन थालिन्, यसबीचमा सलिम त्यहाँबाट भागे ।

शरिरमा लागेको आगो गाउँलेले केही गरी निभाए र गम्भिर रूपमा घाइते भएकी उनलाई जिल्ला अस्पतालमा भर्ना गरियो । त्यहाँ उनको उपचार भइरहेको छ । प्रहरीले आरोपी सलीम विरूद्ध मुद्दा दर्ता गरेको छ र उनको खोजी कार्य जारी राखेको छ ।


  •  
  •  
  •