दाताले फिर्ता मागे २ अर्ब अनुदान

98
  •  
  •  
  •  

काठमाडौं ११ माघ ।
शान्ति कोष अन्तर्गतको बास्केट फन्डमा जम्मा भएको रकम तोकिएको समयभित्र खर्च हुन नसकेपछि दातृ निकायहरुले सहयोग रकम फिर्ता माग्न थालेका छन् ।

सरकारसँग सन् २०१५ को डिसेम्बरसम्ममा सहयोग रकम खर्च गरिसक्ने सम्झौता गरेका ती दातृ निकायले सो अवधिभित्रमा खर्च नभएपछि सहयोग रकम नै फिर्ता मागेको छ ।

शान्ति मन्त्रालय उच्च स्रोतले दिएको जानकारीअनुसार स्वीजरल्याण्ड, नर्वे र डेनमार्कले आफूले गरेको सहयोग रकम फिर्ता मागेका हुन् । उनीहरुले कोष सचिववालयसँग् तोकिएको समयसीमाभित्र रकम खर्च हुन नसकेकोले खर्च हुन नसकेको सबै रकम फिर्ता मागेको मन्त्रालय स्रोतले बतायो ।

ति अधिकारीका अनुसार तिन देशले आफूले उपलव्ध गराएर पनि तोकिएको समयभित्र खर्च हुन नसकेको २ अर्ब फिर्ता मागेका हुन् । सो रकम उनीहरुले आफ्नै देशमा लैजान्छन् वा नेपालमा नै अर्को कुनै कार्यमा खर्च गर्छन् भन्ने विषयमा भने कुनै स्पष्ट नभएको मन्त्रालयले बताएको छ ।
राजधानीबाट


  •  
  •  
  •