बाढी प्रभावित क्षेत्रमा आपूर्तिमन्त्री

82
  •  
  •  
  •  

नेपालगन्ज, १४  भदौ  :  वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले बाँके जिल्लाका बाढीपीडितलाई राहत तथा सहयोग पु¥याउने सरोकारवाला निकायका पदाधिकारीसँग शनिबार छलफल गरेका छन् ।

प्रधानमन्त्रीको निर्देशनमा मन्त्री थापा मध्यपश्चिमका चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा बाढी प्रभावित क्षेत्र र पीडितहरुको अवस्थाको अवलोकन तथा राहत र उद्धारमा भइरहेका कार्य प्रगति बुझ्न तीन दिनदेखि ती जिल्लाको भ्रमणमा छन् । बाँकेको राझास्थित इमामनगर सैनिक ब्यारेकमा आयोजित कार्यक्रममा बाँके जिल्ला दैवी प्रकोप उद्धार समितिअन्तर्गत गठित ११ कलस्टर समूहका प्रमुखहरुले मन्त्री थापालाई कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए ।
जिल्लाका बाढी प्रभावितलाई सरल तथा व्यवस्थित रुपमा सबै सेवा कार्यक्रम प्रवाह गर्न समितिअन्तर्गत खोज तथा उद्धार, स्वास्थ्य तथा पोषण, शिक्षा, खानेपानी तथा सरसफाइ, खाद्य सामग्री व्यवस्थापन, गैर खाद्य सामग्री व्यवस्थापन, पूर्वाधार निर्माण, कृषि तथा जीविकोपार्जनलगायतका कलस्टर समूह गठन गरिएका छन् ।
सो समूहसँगको छलफलपछि मन्त्री थापाले आजै बाँके जिल्लाको बाढी प्रभावित गाविसको अनुगमन निरीक्षण गर्नुका साथै त्यहाँ नागरिकसँग पनि छलफल गरे । यी जिल्लाहरुमा वाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो । बाढी पीडितहरुले राहत नपाएकोसमेत गुनासो गर्दै आएका छन् ।


  •  
  •  
  •