विदेशमा मृत्यु भएका व्यक्तिका सन्तानलाई शिक्षामा छात्रवृत्ति आवश्यक : मन्त्री मन्सुर

219
  •  
  •  
  •  

mansur

महोत्तरी, १८ साउन (ओएनएस) : श्रम एवं रोजगार मन्त्री फरमुल्लाह मन्सुरले नीति नभएकै कारण बैदेशिक रोजगारीको श्रम अवधिभित्र मृत्यु अथवा अंगभंग भएकाहरुको सन्तानलाई उच्च प्राविधिक शिक्षामा छात्रवृत्ति आवश्यक रहेको बतार्एका छन् ।

जलेश्वरमा संचारकर्मीसँग कुरा गर्दै मन्त्रीले बैदेशिक रोजगारका क्रममा अंगभंग तथा मृत्यु भएका व्यक्तिका सन्तानलाई अझै शिक्षामा छात्रवृत्ति दिन नसकिएको स्वीकार गरे ।

सोही अवसरमा बोल्दै मन्त्री मन्सुरले सरकारकै कमजोरीको कारण फ्रि भिषा र फ्रि टिकट नीति पनि कार्यान्वयमा कठिनाई भएको बताएका छन् ।

उनले अब बैदेशिक रोजगारीको नाममा हुने ठगी न्युनिकरण एवं नियन्त्रण गर्न स्थानीयदेखि केन्द्रसम्मका सरोकारवालाले पहल गर्नुपर्ने बताए ।

मन्त्री मन्सुर नेपाल र स्वीस सरकारको सम्झौता अनुरुप जिल्लामा संचालित वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन (सामी) परियोजनाको स्थलगत अवलोकन र निरीक्षण गर्न महोत्तरी पुगेका थिए ।

सोही अवसरमा उनले नेपाली काँग्रेसको जलेश्वरस्थित पार्टी कार्यालयमा प्रदेश नं. २ स्तरीय नेता तथा कार्यकर्तासँग छलफल गरेका छन् ।


  •  
  •  
  •