नेपाली जनता एमाओवादीको खेताला होइनन् : मन्त्री पाण्डे

61
  •  
  •  
  •  

mahendra bd pandeyकाठमाडौ, १२ पुस(ओएनएस) : परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले एमाओवादीले जातीय राज्यको नाम लिएर जातजातीलाई उचालेर आफ्नो स्वार्थपूर्ती मात्र गरिरहेको आरोप लगाएका छन् ।

मन्त्री पाण्डेले एमाओवादीले अचेतन अवस्थामा रहेका जातजातीलाई उचालेर राज्य पुनःसंरचना गर्ने सपना देखेको भन्दै सम्बन्धित जातजातीले पनि एमाओवादीले चाहेजस्तो राज्य पुनःसंरचना नचाहेको दाबी गरेका छन् ।

नुवाकोटमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘राज्य पुनर्संरचना भनेको भूगोलको धर्कौ तानिने मात्रै होइन । राज्य पुनर्संरचना भनेको आमजनताको सुख सुविधा, समृद्धि र शान्ति भएकाले यसका लागि सबैपक्षसँग छलफल आवश्यक छ ।’

उनले दल तथा नेताहरुले इच्छा शक्ति देखाए माघ ८ मा संविधान ल्याउन कुनै अप्ठ्यारो नपर्ने बताएका छन् । उनले सहमति भए समय बाधक नहुने दावी गरे ।

एमाओवादीसहितको मोर्चाले घोषणा गरेको आन्दोलनको कुनै तुक नभएको भन्दै उनले जनता कसैको खेताला नभएको र कसैलै आग्रह गर्दैमा सडकमा नउत्रने बताएका छन् ।


  •  
  •  
  •