संविधान जारी गर्न अवरोध गर्नेहरू रोगीः मन्त्री पण्डित

164
  •  
  •  
  •  

lal-babu-panditभक्तपुर, १५ माघ(ओएनएस) : सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधान जारी गर्न अवरोध गर्ने रोगीहरुलाई अस्पतालमा उपचार गरेर भए पनि संविधान जारी गरिने बताएका छन् ।

रफत सञ्चार क्लब भक्तपुरले बिहिबार गरेको साक्षात्कार कार्यक्रममा उनले यो सहमतिमा संविधान जारी गर्न सक्ने अवस्था देखा नपरेकाले प्रक्रियामा गएर भए पनि संविधान जारी गर्ने बताए ।

संविधानसभा प्रक्रियामा गएकाले अब संविधान बन्नेमा ढुक्क हुन आग्रह गर्दै मन्त्री पण्डितले अब संविधानसभाबाट संविधान दिन नसके नेपालमा कहिल्यै पनि नयाँ संविधान आउन नसक्ने ठोकुवा गरेका छन् । मन्त्री पण्डितले भने, ‘सभासदहरुलाई हप्ताको एक दिन बाहेक अन्य दिन संविधानसभा भित्रै राखेर हरेक किसिमका सुविधा दिई संविधान निर्माण केन्द्रित बन्न गरेको आग्रहलाई सभामुखले अमानविय भनेता पनि यसको विकल्प अर्को देखा पर्न नसक्दा संविधान निमार्ण हुन नसकको हो ।’

नेपालमा प्रशासनिक क्षेत्रमा भ्रष्टाचार भएको स्वीकार गर्दै मन्त्री पण्डितले आफूले सकेसम्म निजामति सेवालाई भ्रष्टाचार मुक्त क्षेत्र बनाउन लागि परको भन्दै कारवाही गर्ने बेला विभिन्न किसिमका अवरोध देखा पर्ने बताए । नेपालका सहसचिवहरु एक वर्षमा २२० दिनसम्म पनि विदेश बस्ने रोगले ग्रस्त बनेका र विदेशमा सिकेको ज्ञान नेपालमा नगर्दा समस्या माथि समस्या देखा परेको उनको टिप्पणी थियो ।

मधेशको सवालमा जसरी मधेशवादी नेताहरूले उठाई रहेको आवाजतर्फ इंगित गर्दै उनले नेपाल टुक्राउन लागि परेकाहरुलाई विदेशी कुटनीतिकहरुले जसरी साथ दिने प्रयास गरिरहेका छन् त्यो नेपाल र नेपालीका लागि कदापी स्विकार्य नभएको बतए । जातीय र क्षेत्रियताका आधारमा नेपाललाई खण्डित पार्न खोज्नु नेपालका लागि दुर्भाग्यपूर्ण हुने उनको भनाई छ ।

नेपालको आर्थिक वर्ष वैशाखमा सार्ने हो भने विकास निर्माण प्रभावकारी बन्न सक्ने भन्दै पण्डितले यस विषयमा सरकार अगाडि बढेको जानकारी दिए ।


  •  
  •  
  •