संविधान संशोधन गरेरै असन्तुष्टलाई निर्वाचनमा सहभागी गराउँछौं : मन्त्री बस्नेत

180
  •  
  •  
  •  

minister basnet
काठमाडौँ, २५ साउन (ओएनएस) : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राजपालगायतका असन्तुष्ट पक्षलाई संविधान संशोधन गरेर भएपनि निर्वाचनमा सहभागी गराउने बताएका छन ।

सिन्धपाल्चोक–काठमाडौं सम्पर्क समितिद्वारा मन्त्री बस्नेत र सिन्धुपाल्चोक जिल्लाबाट स्थानीय तहमा निर्वा्चित जनप्रतिनिधिको सम्मानमा यहाँ आज आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले निर्वाचनमा सबैको सहभागीता भएमा मात्रै संविधान कार्यान्वयनमा बल पग्ने बताए ।

उनले असन्तुष्ट पक्षलाई निर्वाचनमा सहभागी गराउन सरकारले पहल गरिरहेको बताए । सोही अवसरमा बोल्दै मन्त्री बस्नेतले तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचन तथा त्यसपछि हुने प्रदेश र केन्द्रको निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्ने दाबी गरे । उनले यसका लागि काँग्रेसका हरेक नेता तथा कार्यकर्ता एकतावद्ध भएर ईमान्दारीपूर्वक लाग्नुपर्ने बताए ।

कार्यक्रममा मन्त्री बस्नेत तथा स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट निर्वाचित भएका सिन्धुपाल्चोक जिल्लाका नगरप्रमुख, उप–प्रमुख, गाउँपािलका प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष तथा सदस्यलाई सम्मान गरिएको थियो ।


  •  
  •  
  •