संविधान संशोधन गर्न एमाले सहमत : मन्त्री बलायर

150
  •  
  •  
  •  

balayar
हेटौडा, १ भदौ (ओएनएस) : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले संसदमा पेश भएको संविधान संशोधनको पक्षमा एमाले तयार भइसकेको बताएका छन् ।

नेपाली काँग्रेस, मकवानपुरद्वारा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई विहीबार सम्बोधन गर्दै उनले अब एमालेको सहमतीमै संविधान संशोधन हुने बताए ।

मन्त्री बलायरले आगामी मंसिर महिनाभित्रै प्रदेश र केन्द्रीय संसद्को निर्वाचन गराउनेतर्फ सरकार कटिबद्ध भई अघि बढेको उल्लेख गर्दै नेपाली काँग्रेसका कार्यकर्ताले कुनै गुटउपगुटमा नलागी जनताको घरदैलोमा पुग्नुपर्ने बताए ।

मन्त्री बलायरले राष्ट्रलाई संकट पर्दा प्रमुख प्रतिपक्षले पनि आफ्नो दलगत स्वार्थलाई त्यागेर राष्ट्रवादी भावना व्यवहारमा पनि देखिनुपर्ने स्पष्ट पारे ।


  •  
  •  
  •