काठमाडौं ५ भदौ (ओएनएस) : नेपाल भ्रमणमा आएका मलेसियाका मानव संशाधनमन्त्री दातुक रिचार्ड रियट जइम आज राजनीतिक भेटवार्तामा व्यस्त हुने भएका छन् । भेटमा उनले नेपाल र मलेसियाबीच यसअघि भएका सहमतिका लविषयमा छलफल गर्नेछन् । बिहीबार विहान ११ बजे श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङलाई भेट्ने कार्यक्रम छ । भेटमा नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियालाई निःशुल्क भिसा र टिकट उपलब्ध गराउन नेपालले आग्रह गर्नेछ । भेटमा नेपाली कामदारका समस्या, श्रम सम्झौता, गैरकानुनी रुपमा मलेसियामा रहेका र बन्दीगृहमा रहेका नेपालीलाई छिट्टै स्वदेश फर्काउने विषयमा पनि कुराकानी हुनेछ ।