सांसद रिजालको व्यंग्य:‘घरलाई लाग्यो होला, आफ्नो खड्गप्रसाद यो होइन, नयाँ महाराजा सवारी भएछ’

72
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेस सांसद मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मघर पुगेर तामझामका साथ जन्मदिन मनाएकोमा आपत्ति जनाएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रिजालले जन्मदिन मनाउँदा सत्ता उन्मान देखिएको बताए ।
उनले पुराना राजाको जन्म दिनको तस्बिर देखेको र शैली सामान्य नै रहेको भन्दै ओलीको जन्मदिनमा देखिएको सत्ता उन्मादले आम नागरिक दिक्दार भएको समेत बताए ।

उनले भने,‘जन्मदिनको कार्यक्रममा प्रधानमन्त्रीको पुर्ख्यौली घर देखियो । प्रधानमन्त्री जन्मिनुभन्दा २० वर्ष पहिलेको भन्ने सुनियो । घरको संरचना त निर्जिव होला । तर यसले सजिव इतिहास बोकेको छ । आफ्नो आस्थाका लागि जुनसुकै संघर्ष, बलिदान र कुर्बानी गर्न तयार आफ्नै आँगनको केटोले एउटा कीर्तिमान राजनीतिक यात्रा तय ग¥यो भनेर स्वागतको अभिलाषा थियो होला त्यो घरलाई पनि । तर जुन तामझामका साथ चारपाँच हेलिकप्टर लिएर देशका, प्रदेशका र अन्य राज्य संरचनाका, पार्टीका विशिष्ट व्यक्तिहरुलाई बोकेर जानुभयो । घरलाई लाग्यो होला, आफ्नो खड्गप्रसाद यो होइन, नयाँ महाराजा सवारी भएछ भने र ।’ यती होल्डिङले केक पु¥याउँदा घरले अपमानित महसुस गरेको समेत उनले बताए ।


  •  
  •  
  •