नवलपरासीमा सवारी दुर्घटना, ४ को मृत्यु

136
  •  
  •  
  •  

नवलपरासी, १२ जेठ(ओएनएस) : पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका ११ हर्कपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

आज बिहान करिब ५ बजे बा २ क ११३७ नम्बरको मिनि ट्रक रुखमा ठोक्किँदा भएको दुर्घटनामा २ जनाको घटनास्थलमा र अन्य दुर्इको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

मृतकहरूको सनाखत हुन सकेको छैन् भने अन्य १४ जना घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मिनी ट्रकमा चालक सहित १८ जना सवार थिए ।


  •  
  •  
  •