सञ्चारमन्त्री भन्छन्, ‘मसँग कुनै देशको पीआर छैन्’

293
  •  
  •  
  •  

minendra rijalकाठमाडौ, २१ मंसिर(ओएनएस) : केही समयअघि अन्य देशको पिआर रहेको आरोप लागेका सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मिनेन्द्र रिजालले आफूसँग अन्य कुनै देशको ‘पीआर’ नभएको स्पष्ट पारेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू नेपालको नागरिक भएको बताउँदै लेखेका छन्, ‘ म नेपालको नागरिक हुँ, नेपालको स्थायीबासी हुँ ।’ मसंग अरु कुनै पनि देशको स्थायी बसोबासको कुनै पनि प्रकारको अनुमति पत्र छैन । यस बिषयमा अन्यथा भ्रम शृजनागर्ने कोसिस भएकाले स्पष्ट पारेको हुँ ।’

minendra rijal fb commentकेही समयअघि राज्य व्यवस्था समितिको बैठकमा सभाषद्हरुले सरकारी कर्मचारीहरूसँग रहेको पीआर तथा ग्रिनकार्ड फिर्ता गराउन भन्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको ध्यानाकर्षण गराएका थिए । मन्त्री रिजाल माथिपनि अन्य देशको पीआर राखेको आरोप लगाइदै आएको थियो । यस्तै, नेपालका करिब २ हजार कर्मचारीसँग अन्य देशको पीआर र ग्रीनकार्ड भएको अनुमान गरिएको छ ।

समितिले पनि ग्रीनकार्ड र पीआर लिने कर्मचारीको लगत बुझाउन निर्देशन दिइसकेको छ । सामान्य प्रशासनमन्त्री पण्डितले निजामति सेवा ऐन, २०४९ चौथो संशोधन विद्येयकमा बहालवाला मन्त्रीहरुले नै अवरोध गरेको संकेत गरेका थिए ।


  •  
  •  
  •